PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

१४ वर्षपछि चिनियाँ राष्ट्रपति प्योङयाङमा, २१ तोपको सलामीसहित स्वागत



१४ वर्षपछि चिनियाँ राष्ट्रपति प्योङयाङमा, २१ तोपको सलामीसहित स्वागत
फाइल फोटो : AP

चिनियाँ राष्ट्रपति सि जिङपिङ उत्तर कोरियाको भ्रमणमा गएका छन्। राष्ट्रपति सी आफ्नो ऐतिहासिक उत्तर कोरिया भ्रमणको क्रममा प्योङयाङमा अवतरण गरेका हुन्। 

सीसँगै उनकी पत्नी पेङ लियुयान, विदेशमन्त्री वाङ यी लगायतका अधिकारीहरु रहेका छन्। सी प्योङयाङमा रहँदा त्यहाँको फ्रेण्डसिप टावरमा माल्यार्पण गरेका छन्। 

सि सवार विमान उत्तर कोरियाको सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार आज मध्याह्न अवतरण गरेको थियो। राष्ट्रपति सीको स्वागतमा प्योङयाङका सडकमा १० हजारको हाराहारीमा उत्तर कोरियालीहरु चिनियाँ अतिथिलाई स्वागत भन्दै नारा लगाउँदै उभिएको सिन्ह्वाले जनाएको छ। 

१४ वर्षपछि प्योङयाङ पुगेका चिनियाँ नेतालाई प्योङयाङमा २१ तोपको सलामीसहित भव्य स्वागत गरिएको थियो। विमानस्थलबाट राष्ट्रपति सीलाई २१ मोटरसाइकलसहितको मोटर कार्गेडले स्कर्टिङ गर्दै सहर परिक्रमा गराइएको थियो। प्योङयाङको डाउन टाउनमा पुगेपछि सीले खुला गाडीमा उत्तर कोरियाली नेता किमसँगै एउटै गाडीमा कुमसुसन दरवारमा पुगेका थिए। 

सीको स्वागतमा सडकका दुबै किनारमा उत्तर कोरियाली नागरिकहरु लामवद्ध थिए। दरबारमा पुन सी र किमलाई सलामी अर्पण गरियो। सी उत्तर कोरियामा यस्तो भव्य स्वागत पाउने पहिलो नेता हुन्। राष्ट्रपति सी दुई देशबीचको कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाठ मनाउने क्रममा उत्तर कोरिया पुगेका हुन्। 

बुधवार मात्र उत्तर कोरियाका मुख्य पत्रिकामा सीले हस्ताक्षर गरेका लेख प्रकाशित भएका थिए। यसैबीच दुबै नेताबीच द्विपक्षीय वार्ता पनि सुरु भएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

दुई नेताबीच वार्ता भएको बताइ पनि वार्ताको विषयमा भने समाचारमा उल्लेख गरिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell