PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अपहरित भनिएका बालक सुधार केन्द्रमा भेटिए!



अपहरित भनिएका बालक सुधार केन्द्रमा भेटिए!
प्रतीकात्मक फोटो: scientificamerican.com

काठमाडौं: ‘तीन जनाले एक बालकलाई जबर्जस्ती ट्याक्सीमा हालेर अपहरण गरे,' बिहीवार बिहान प्रहरीको १ सय नम्बरमा आएको फोनले प्रहरीलाई चनाखो गरायो। महानगरीय प्रहरी कार्यलयले जानकारी काठमाडौं प्रहरी परिसरलाई गरायो।

राजधानीमा नै बालक अपहरण सामान्य कुरा थिएन। महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपीको कमाण्डमा टोली सुचना पहिल्याउँदै गए। मनमैजुमा बालकको अपहरण भएको जानकारी आएको थियो। ‘जानकारी आउने बितिकै हाम्रो टोली अनुसन्धानमा लागि सकेको थियो,‘परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए।

मनमैजु पुगेर प्रहरी अनुसन्धान शुरु गर्‍यो। खबर गर्ने मानिसलाई सोध्दा तीन जनाले बालकलाई जबर्जस्ती ट्याक्सीमा हालेको बताए। प्रहरीले बालकको ठेगाना खोजी गर्न थाल्यो। प्रहरी बालकको आफन्तसँग भेट भएपछि रनभुल्लमा पर्‍यो।

आफन्तको जानकारीअनुसार बालकको अपहरण नभएको खुल्यो। बालकलाई लागुऔषधी दुर्व्यसनीबाट छुटाउन सुधार केन्द्रमा राखिएको जानकारी आयो। प्रहरीले सुधार केन्द्रमा हेर्दा बालक फेला परे। ‘सुधार केन्द्रले बालकलाई उठाएको रहेछ। सुधार केन्द्र जान नमान्दा यसरी उठाइन्छ। तर लोकल प्रहरीलाई सुधार केन्द्रले खबर गरेको भए हुन्थ्यो,‘ एसएसपी सुवेदीले भने।

स्थानीयले सुधारकेन्द्रले बालकलाई उठाएको वा अरु कसैले पत्ता नपाउँदा प्रहरीले अनुसन्धान गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell