PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विप्लव नेतृत्वको नेकपाका दुई जिल्ला इन्चार्जसहित पाँच जना उपत्यकाबाट पक्राउ



विप्लव नेतृत्वको नेकपाका दुई जिल्ला इन्चार्जसहित पाँच जना उपत्यकाबाट पक्राउ
प्रतिकात्मक तस्वीर

काठमाडौं: जिल्ला इन्चार्जसहित प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका पाँच जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले दुई जिल्ला इन्चार्ज सहित पाँच जनालाई नियन्त्रणमा लिएको एसएसपी सहकुल थापाले जानकारी दिए।

प्रहरीले रामेछाप जिल्ला इन्चार्ज कुलदिप तामाङ, दोलखा इन्चराज यादव दाहाल, दोलखा जिल्ला सेक्रेटरी निशान जिरेल, विद्यार्थी ताम्सालिङ राज्यका इन्चार्ज र उदयपुरका विद्यार्थी इन्चार्जलाई नियन्त्रणमा लिएको हो।

उनीहरूमध्ये एक जनालाई काठमाडौँ र बाँकीलाई भक्तपुरबाट नियन्त्रणमा लिएको हो। सरकारले नेकपालाई प्रतिवन्ध लगाएदेखि प्रहरीले नेता तथा कार्यकर्तालाई पक्राउ गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell