PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

किम जोङ उनसँग वार्ताका लागि सी जिनपिङ उत्तर कोरिया जाने



किम जोङ उनसँग वार्ताका लागि सी जिनपिङ उत्तर कोरिया जाने
फाइल फोटो: AFP

बेइजिङ : चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्। सन् २००५ पछि चीनबाट उत्तर कोरियामा हुने यो पहिलो राजकीय भ्रमण हुनेछ।

उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्न सी दुई दिने भ्रमणका लागि उत्तर कोरिया जान लागेको बीबीसीले जनाएको छ। दुई नेताबीच उत्तर कोरियाली प्रायद्वीपलाई निशस्त्रिकरण गर्ने, अमेरिका र उत्तर कोरियाबीचको वार्ता लगायत आर्थिक विषयमा छलफल हुने बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच गत फेब्रुअरीमा भएको वार्ता बिना निष्कर्ष टुंगिएको थियो। त्यसपछि सी र किमबीच भेट भएको छैन। त्यसैले जापानमा हुने 'जी २०' सम्मेलन अघि सीले गर्न लागेको उत्तर कोरिया भ्रमणलाई उत्तर कोरियाली पक्षले महत्व दिएको बताइएको छ। 'जी २०' सम्मेलनका क्रममा सी र ट्रम्पबीच वार्तामा उत्तर कोरियाका विषयमा छलफल हुन सक्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell