PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सलमानको ‘भारत’ दुई सय करोड क्लबमा 



सलमानको ‘भारत’ दुई सय करोड क्लबमा 

सलमान स्टारर फिल्म ‘भारत’ दुई सय करोड क्लबमा इन्ट्री गरेको छ। ‘भारत’ ले पहिलो दिनमा नै ४२ करोडको सानदार ओपनिङ गरेको थियो। फिल्मले आफ्नो लगानी सुरक्षित गर्दै १४ दिनमा २ सय १ करोड ८६ लाख भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ। 

फिल्ममा सलमान खान र कट्रिना कैफ मुख्य भूमिकामा छन्। भारतलाई अली अब्बास जफरले निर्देशन गरेका हुन्। भारतले चार दिनमा १०० करोडको व्यापार गरेको थियो। अली अब्बास निर्देशित भारत फेरी एक पटक सलमानलाई लक्की साबित भएको छ। 

पहिलो हप्तामा १८० करोड ५ लाख भारु व्यापार गरेको भारतले दोस्रो हप्तामा २१ करोड ८१ लाख भारु कमाइ गरेको ट्रेन्ड एनालिष्ट तरण आदर्शले ट्विटर मार्फत जानकारी दिएको इन्डियन एक्स्प्रेसले जनाएको छ।

यसअघि सुल्तान, किक, बजरंगी भाईजान, प्रेम रत्न धन पायो, टाइगर जिन्दा हे लगायतका फिल्मले २०० करोड क्लबमा इन्ट्री गरेका थिए। ५ जुनमा रिलिज भएको यो फिल्म सलमानको करियरको अहिलेसम्मकै सानदार ओपनिङ गर्ने फिल्म रहेको छ। २०१७ मा रिलिज भएको सुल्तान र २०१८ मा रिलिज भएको टाइगर जिन्दा हे सलमानको अहिलेसम्मकै सबैभन्दा छिटो २०० करोड क्लबमा प्रवेश गर्ने फिल्म हो।

यस वर्ष राम्रो ओपनिङ गरेको भनिएका अन्य चलचित्र भने भारत भन्दा आधा मात्र कलेक्सन गरेका थिए। जसमध्ये कलंकले २१ करोड, केसरीले पनि २१ करोड र गल्ली ब्वाइले १९ करोड र टोटल धमलाले १६ करोडको ओपनिङ गरेको थियो। भारतमा सलमान र कट्रिनासँगै सुनिल ग्रोबर, दिसा पटानी लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell