PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

३३ किलो सुन प्रकरणः तीन न्यायाधीशमाथि कारबाहीका लागि स्पष्टीकरण, पाँचले पाए सफाइ



३३  किलो सुन प्रकरणः तीन न्यायाधीशमाथि कारबाहीका लागि स्पष्टीकरण, पाँचले पाए सफाइ

काठमाडौं: ३३ किलो सुन प्रकरण र सनम शाक्य प्रकरणमा न्यायपरिषदले तीन न्यायाधीशलाई कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। 

परिषद्ले न्यायाधीश साधुराम सापकोटा, थीरबहादुर कार्की र उमेश सिंहलाई स्पष्टीकरण सोध्न लागेको हो। त्यस्तै दुई न्यायधीशहरु अवकाश पाइसकेका कारण अनुसन्धान तामेलीमा राखेको छ। न्यायाधीश नगेन्द्र लाभ कर्ण र उमेश राज पौड्यालको मुद्दा तामेलीमा राखिएको हो।

बाँकी रहेका तीन जनालाई भने सामान्य ध्यानाकर्षण मात्र गराइएको छ। विराटनगरका तत्कालीन मुख्य न्यायाधीश डाक्टर कलुरत्न भुर्तेल, साराङ्गा सुवेदी र जनक पाण्डेलाई सामान्य ध्यानआकर्षण गराइएको हो। उनीहरुको काममा फर्किने बाटो अब खुल्ला भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell