PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विश्वकपमा ब्राजिलियन स्टार मार्ताको कीर्तिमानी गोल, मिरोस्लाभ क्लोजको भन्दा पनि बढि गोल



पहिलोपोस्ट

विश्वकपमा ब्राजिलियन स्टार मार्ताको कीर्तिमानी गोल, मिरोस्लाभ क्लोजको भन्दा पनि बढि गोल

६ पटकको फिफा वुमन प्लेअर अफ दि इअर मार्ताले विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएकी छिन्।

फ्रान्समा भइरहेको फिफा महिला विश्वकप अन्तर्गत इटली विरुद्धको खेलमा मार्ताले निर्णायक गोल गर्दै ब्राजिललाई जिताइन्। उक्त खेलमा गरेको एक मात्र गोलपछि मार्ता विश्वकप इतिहासमा कीर्तिमानी १७ गोल गर्ने खेलाडी बनेकी छिन्।

यसअघि नै प्रिक्वाटरफाइनलमा स्थान बनाइसकेको इटली विरुद्ध मार्ताले ७४औं मिनेटमा पेनाल्टीबाट गोल गरेकी हुन्।

समूह सी मा दोस्रो जितपछि इटली र अष्ट्रेलियासमान ६ अंक जोडेको ब्राजिल तेस्रो स्थानमा रह्यो। तैपनि ब्राजिलले तेस्रो मध्ये उत्कृष्ट हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ।

मार्ताले यसअघि जमैका विरुद्धको खेलमा खेलिनन् भने अष्ट्रेलिया विरुद्धको खेल खेल्दै पेनाल्टीमा एक गोल गरेकी थिइन्।

यस विश्वकपमा दुई गोल गरेकी मार्ताले कूल गोलसंख्या १७ पुर्‍याउदै नयाँ कीर्तिमान बनाइन्। उनले पुरुष विश्वकपमा सर्वाधिक १६ गोल गरेका जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान समेत उछिनिन्।

सन् २००६ देखि २०१० सम्म लगातार ५ पटक र २०१८ मा फिफा प्लेअर अफ दि इअर अवार्ड जितेकी मार्ताले अहिलेसम्म विश्वकप भने जित्न सकेकी छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell