PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

समता अस्पतालको 'शंकास्पद मृत्यु' प्रकरणमा उत्तम सञ्जेल पत्नीसहित पक्राउ



प्रवीण रानाभाट

समता अस्पतालको 'शंकास्पद मृत्यु' प्रकरणमा उत्तम सञ्जेल पत्नीसहित पक्राउ
रातो घेरामा सञ्जेल।

काठमाडौं : समता अस्पताल भित्रै झुन्डिएको अवस्थामा फेला परेको शवको खल्तीमा रहेको 'चिट'लाई आधार बनाउँदै प्रहरीले सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीसहित चार जनालाई पक्राउ गरेको छ।

सस्तोमा शिक्षा र उपचारसमेत गर्ने भन्दै सक्रिय रहेका सञ्जेल 'सुसाइड नोट'का आधारमा परेका हुन्। उत्तम सञ्जेलसँगै उनकी पत्नी र दुई अन्य अफिसका कर्मचारीलाई प्रहरीले समातेको हो।

आज बिहान अस्पताल परिसरभित्र रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। 

महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी सुनील मल्लले सञ्चालक सञ्जेल, उनकी पत्नी र अन्य दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

सम्बन्धित समाचार : 

समता अस्पतालभित्रको 'संदिग्ध मृत्यु'ले यस्तो तनाव!

समता अस्पताल तनावग्रस्त, मृत फेला परेकी युवतीको विषयलाई लिएर प्रदर्शन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell