PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चीनमा भूकम्प: ११ जनाको मृत्यु, १२० घाइते



चीनमा भूकम्प: ११ जनाको मृत्यु, १२० घाइते
फोटो : CHINA DAILY

सिचुवान : चीनको सिचुवान प्रान्तमा गएराती ६.० म्याग्निच्युडको भूकम्प जाँदा ११ जनाको मृत्यु भएको छ। भूकम्पमा परि १२० भन्दा बढि मानिसहरु घाइते भएका छन्। भूकम्पका कारण कयौं घरहरु धवस्त भएको चाइना डेलीले जनाएको छ।

भूकम्पपछि उद्धार र राहतको कार्य चलिरहँदा फेरि सिचुवानमा नै आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पको केन्द्रविन्दु चयाङनिङ कन्ट्रीको यिबिनम रहेको चिनियाँ भूकम्प मापण केन्द्रले जनाएको छ।

अहिले भूकम्पका कारण फसिरहेका मानिसहरुको उद्धारकार्य चलिरहेको छ। उद्धारकार्यमा ३०२ अग्नी नियन्त्रक र ६३ अग्नी नियन्त्रक गाडीहरु परिचालन गरिएको बताइएको छ।

भूकम्पबाट विस्थापित भएकाहरुका लागि हाललाई अस्थायी टहरा निर्माण गरिएको बुझिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell