PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको मृत्युबारे अनुसन्धान गर्न माग



इजिप्टका पूर्व राष्ट्रपति  मोहम्मद मोर्सीको मृत्युबारे अनुसन्धान गर्न माग
फाइल फोटो: EPA

काइरो: इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको मृत्यु भएपछि इजिप्ट सरकारको आलोचना भएको छ।

सन् २०१३ मा सैनिक 'कू' बाट अपदस्त भएका मोर्सीको मंगलवार अदालतमा लडेर मृत्यु भएको थियो। मोर्सीको मंगलवार नै काइरोको पूर्वी क्षेत्रमा परिवारको उपस्थितिमा अन्तिम संस्कार गरिएको बीबीसीले जनाएको छ।  

मोर्सीको परिवारले आफ्नो गृहनगरमा नै दाहसंस्कार गर्न गरेको आग्रह अधिकारीहरुले स्वीकृत नगरेको बताइएको छ।

अदालतमा उपस्थित भएका मोर्सीको ह्दयघात भएर मृत्यु भएको बताइएको छ। तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

मानव अधिकारवादी संघसंस्थाले ६७ वर्षीय मोर्सीलाई हिरासतमा राखिएको अवस्था बारेमा पहिला देखि नै प्रश्न उठाउँदै आएका थिए। मोर्सीको परिवारले समेत जेलमा उनको स्वास्थय अवस्था बिग्रिँदै गएको बारेमा चिन्ता व्यक्त गर्दै आएका थिए।

इजिप्ट सरकारले भने मोर्सीलाई स्वास्थ्य उपचारको व्यवस्था नगरेको र परिवार र वकिललाई समेत भेट्न नदिएको बारेमा अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गर्दै आएका थिए।

मंगलवार अदालतमा उपस्थित हुँदा नै लडेका मोर्सीको मृत्यु भएपछि त्यसको अनुसन्धान गर्न सरकारलाई अन्तर्राष्ट्रिय रुपमा दबाब परेको छ।

२०१४ देखी सरकारको नेतृत्व गरिरहेका पूर्व सैनिक जनरल फटाह अल सिसिले घटना बारे अनुसन्धान गर्न आदेश दिनेमा मानव अधिकारवादी संस्थाहरुले शंका गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell