PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु [अपडेट]



बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु [अपडेट]

बझाङ: सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टागाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप मष्टा–१ डौँठी भन्ने ठाउँमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा कलक खड्का, जनधारा खड्का, धौली देवी खड्का, नयन खड्का, जुग खड्का, भक्त द्वाल, लक्ष्मीदेवी द्वाल र चालक सुरेन्द्र थापा रहेका छन्। मृतक एक जना बालकको भने सनाखत भइसकेको छैन। मृत्यु हुने अधिकांश मष्टा गाउँपालिका १ कोटदेवलका रहेका छन्।

वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक माहानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाँउमा खसेको र मान्छे समेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै समस्या भएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। 

तीन जनाको उद्वार गरी सके पनि जीपमा कति व्यक्ति सवार थिए भन्ने केही खुल्न नसकेको उनले बताए। 

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सुर्यबहादुर केसीसहितको टोली गएको छ। उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा भिरमा बाटो खनिरहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell