PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुपुदर्गी विधेयकको विरुद्ध हङकङमा रोकिएन आन्दोलन , २० लाख मानिस सडकमा ओर्लिए

सुपुदर्गी विधेयकको विरुद्ध हङकङमा रोकिएन आन्दोलन , २० लाख मानिस सडकमा ओर्लिए


हङकङ सरकारले विवादास्पद सुपुदर्गी विधेयकलाई स्थगित गर्ने घोषणा गरेपनि प्रदर्शनीकारीहरुले मुख्य शहरहरुमा आन्दोलन गरिरहेका छन्।

विधेयकको विरोधमा कालो लुगा लगाएर लाखौं मानिसहरुले मुख्य राजमार्ग अवरुद्ध गरेका थिए। आइतवारमात्रै २० लाख प्रदर्शनकारीहरु सडकमा ओर्लिएको च्यानल न्यूज एसियाले जनाएको छ।

हङकङ सरकारले संसदमा कैदीबन्दीलाई चीन सुपुदर्गी गर्ने प्रावधान सहित ल्याएको विधेयक विरुद्ध हङकङमा केही हप्ता देखि  विरोध भइरहेको छ। आन्दोलन हिंसात्मक हुँदै गएपछि हङकङकी कार्यकारी प्रमुख केरी लामले हाललाई सो विधेयक स्थगित लिएको घोषणा गरेकी थिइन्।

तर, प्रदर्शनकारीहरुले सो विधेयक स्थगित मात्रै गरेको भन्दै विधेयकलाई फिर्ता नै गर्नुपर्ने माग नयाँ आन्दोलन सुरु गरेका हुन्। उनीहरुले कार्यकारी प्रमुख लामले राजीनामा दिनुपर्ने माग गरिरहेका छन्। 

फोटो: AP/AFP


ट्रेन्डिङ पोस्ट

Ncell