PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हङकङ सरकारले सुपुदर्गी विधेयक स्थगित गरेपनि रोकिएन आन्दोलन



हङकङ सरकारले सुपुदर्गी  विधेयक स्थगित गरेपनि रोकिएन आन्दोलन
फोटो : AP

हङकङ सरकारले विवादास्पद सुपुदर्गी विधेयकलाई स्थगित गर्ने घोषणा गरेपनि प्रदर्शनीकारीहरुले नयाँ आन्दोलनको तयारी गरेका छन्।  

हङकङ सरकारले संसदमा कैदीबन्दीलाई चीन सुपुदर्गी गर्ने प्रावधान सहित ल्याएको विधेयक विरुद्ध हङकङमा केही हप्ता देखि हजारौंको संख्यामा मानिसहरु सडकमा ओर्लिएर विरोध गरिरहेका छन्। आन्दोलन हिंसात्मक हुँदै गएपछि हङकङकी कार्यकारी प्रमुख केरी लामले हाललाई सो विधेयक स्थगित लिएको घोषणा गरेकी थिइन्।

तर, प्रदर्शनकारीहरुले सो विधेयक स्थगित मात्रै गरेको भन्दै विधेयकलाई फिर्ता नै गर्नुपर्ने माग सहित नयाँ आन्दोलन सुरु गरेका छन्।

विधेयकको विरोधमा कालो लुगा लगाएर हजारौं मानिसहरु भिक्टोरिया स्कवायर पुगेको बताइएको छ। केही प्रदर्शनकारीहरुले लामले राजीनामा दिनुपर्ने माग समेग गरेका छन्।

चीनमा कुनै अपराध गरेर अपराधीहरु सजिलै हङकङमा बस्न आइरहेको सन्दर्भमा त्यसलाई नियन्त्रण गर्न विधेयक ल्याएको हङकङ सरकारको तर्क छ। विधेयक पास भएको खण्डमा चीन, मकाउ र ताइवानले जुन सुकै अपराधमा अदालतबाट दोषी ठहर भएका कैदीहरुलाई सुपुदर्गी गर्न आग्रहमा सजिलै गर्न सकिनेछ।

यता, विधेयक विरोधीहरुले भने यो विधेयकले हङकङमो न्यायिक स्वतन्त्रतामा गम्भीर असर पर्ने बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell