PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कैदीबन्दीलाई सजिलै चीनमा सुपुदर्गी गर्ने विधेयक फिर्ता लिँदै हङकङ



कैदीबन्दीलाई सजिलै चीनमा सुपुदर्गी गर्ने विधेयक फिर्ता लिँदै हङकङ
फोटो : REUTERS

हङकङमा केही हप्ता देखि हजारौंको संख्यामा मानिसहरु सडकमा ओर्लिएर विरोध गरिरहेका छन्। हङकङ सरकारले संसदमा कैदीबन्दीलाई चीन सुपुदर्गी गर्ने प्रावधान सहित ल्याएको विधेयक विरुद्ध आन्दोलन भएको हो।

आन्दोलन हिंसात्मक हुँदै गएपछि अहिले हङकङ सरकारले उक्त विधेयक फिर्ता लिन तयारी गरिरहेको बीबीसीले उल्लेख गरेको छ।

चीनमा कुनै अपराध गरेर अपराधीहरु सजिलै हङकङमा बस्न आइरहेको सन्दर्भमा त्यसलाई नियन्त्रण गर्न विधेयक ल्याएको हङकङ सरकारको तर्क छ। विधेयक पास भएको खण्डमा चीन, मकाउ र ताइवानले जुन सुकै अपराधमा अदालतबाट दोषी ठहर भएका कैदीहरुलाई सुपुदर्गी गर्न आग्रहमा सजिलै गर्न सकिनेछ।  

यता, विधेयक विरोधीहरुले भने यो विधेयकले हङकङमो न्यायिक स्वतन्त्रतामा गम्भीर असर पर्ने बताउँदै आएका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell