PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ट्रम्पलाई फ्रान्सेली राष्ट्रपति मार्कोनले कटुसको विरुवा फेरि पठाउने



ट्रम्पलाई फ्रान्सेली राष्ट्रपति मार्कोनले कटुसको विरुवा फेरि पठाउने
फाइल फोटो: AFP

फ्रान्सका राष्ट्रपति इमानुयल मार्कोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कटुसको विरुवा उपहार पठाउने भएका छन्। 

सन् २०१८ मा ह्वाइट हाउसमा दुबै नेताहरुले रोपेको कटुसको विरुवा मरेपछि त्यसको स्थानमा रोप्नका लागि अर्को विरुवा पठाउने उनले बताएका हुन्। 

यो कटुसको विरुवा उत्तरी फ्रान्सको वनबाट ल्याइएको थियो। जहाँ पहिलो विश्वयुद्धमा २००० बढी अमेरिकी सैनिकहरुको मृत्यु भएको थियो। 

ह्वाइट हाउस परिसरमा क्यामेराका अगाडि रोपिएको बिरुवालाई पछि उखलेर क्वारेन्टाइनमा राखिएको थियो। जहाँ फ्रान्स-अमेरिका सम्बन्धको प्रतीकको रुपमा रहेको सो विरुवा केही समयपछि नै मर्‍यो। 

'कमजोर चीजहरु जीवित रहन सक्दैनन्। जसको अर्थ छैन त्यसको कुरा नगर्नुस,' फ्रान्सेली राष्ट्रपति मार्कोनले भने, 'म फेरी अर्को पठाउने छु।'

अमेरिकी राष्ट्रपति मार्कोन ट्रम्पको राष्ट्रवादको कट्टर आलोचक हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell