PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

अटोको ठक्करले वडा सचिवको मृत्यु, ट्याक्टर पल्टिँदा सहचालकको



अटोको ठक्करले वडा सचिवको मृत्यु, ट्याक्टर पल्टिँदा सहचालकको
वडा सचिव नारायणदेव गिरी।

सुर्खेतः सुर्खेतको वीरेन्द्रनगरमा भएको सडक दुर्घटनामा वडा सचिव नारायणदेव गिरीको मृत्यु भएको छ। गएराति वीरेन्द्रनगरको यरिचोकमा भएको दुर्घटनामा वीरेन्द्रनगर–२ वडा कार्यालयका सचिव गिरीको मृत्यु भएको हो। 

वीरेन्द्रनगरको मुलपानीबाट यरिचोकतर्फ गइरहेको भे १ ह ३८७४ नम्बरको अटोले सचिव गिरी सवार भे ७ प १८३४ नम्बरको मोटरसाईकललाई ठक्दर दिँदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ। 

घटना लगत्तै अटो रिक्सा र चालक दिपककुमार सावदलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ। सचिव गिरीको घर वीरेन्द्रनगर–४ मा रहेको छ।

त्यस्तै, बिहिवारनै कर्णाली राजमार्गको बाँगेसिमल–बड्डीचौर सडक खण्डको गिरीघाटमा ट्याक्टर पल्टिदाँ वीरेन्द्रनगर–१ बांगेसिमल निवासी सहचालक रामबहादुर नेपालीको मृत्यु भएको छ। भे १ त ५२८८ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडक किनारामा पल्टिदाँ नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell