PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कस्तो हुन्छ 'स्मार्ट सिटी'? काठमाडौंमा सोलुसन मोड्युल प्रदर्शनी



कस्तो हुन्छ 'स्मार्ट सिटी'? काठमाडौंमा सोलुसन मोड्युल प्रदर्शनी

काठमाडौं: कम्प्यूटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ? स्मार्ट ट्वाइलेट, स्मार्ट पार्किङदेखि स्मार्ट सिटीसम्मको गफ भइरहँदा यसको प्राविधिक पाटो र सम्भाव्यता बारे भने खासै चासो भएको पाइँदैन। यस्तोमा सफ्ट्वारिका कलेजका विद्यार्थीहरुले भने स्मार्ट सिटीको डेमो बनाएर प्रस्तुत गरेका छन्। 

उनीहरुले बनाएको स्मार्ट सिटीमा स्कुल/कलेज, स्मार्ट पार्किङ, स्मार्ट होटेल/रिसोर्ट, स्मार्ट फोहोर व्यवस्थापन, स्मार्ट मापसे जाँच, स्मार्ट सुरक्षा गार्ड, स्मार्ट सवारी साधनसहित लगायत छन्। सेन्सर सञ्चालित डाटा बेस्ड यी स्मार्ट सिटीको नमुनाहरु विद्यार्थीले तयार गरेका हुन्। 

कलेजको भवनमा तीन दिने आइओटी प्रदर्शनी सुरु भएको छ। आजबाट बिहीबारसम्म चल्ने प्रदर्शनीका लागि ८० वटा स्मार्ट सोलुसन मोड्युल तयार पारिएको हो।  प्रदर्शनी ज्ञानेश्वरस्थित कलेज भवनमै भइरहेको छ।

प्रदर्शनी अवधिमा तीनै दिन आइटी क्षेत्रका विविध विषयमा कार्यशाला समेत सञ्चालन गरिनेछ। बेलायतको आइटी सम्बन्धी प्रसिद्ध कभेन्ट्री युनिभर्सिटीका एकेडेमिक पाटर्नरसिप म्यानेजर एबि लिटलरले कार्यशालाको संयोजन गर्नेछन्। 

'कम्प्यूटिङ सोलुसनको अवधारणा बुझ्न चाहनेका लागि र नेपालमा पनि यस्ता प्रयोगात्मक पढाई हुन्छ भन्ने बुझाउन यो प्रदर्शनी उपयोगी हुन्छ',कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell