PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

औपचारिक रुपमा पार्टी नेतृत्वबाट बिदा भइन बेलायती प्रधानमन्त्री थेरेसा मे



औपचारिक रुपमा पार्टी नेतृत्वबाट बिदा भइन बेलायती प्रधानमन्त्री थेरेसा मे
फोटो :INEWS

लन्डन: बेलायती प्रधानमन्त्री थेरेसा मे कन्जर्भेटिभ पार्टीको नेताबाट औपचारिक रुपमा हटेकी छिन्। युरोपियन युनियनबाट बेलायत बाहिरिने (ब्रेक्जिट) का विषयमा मेले संसदमा पेश गरेका सबै प्रस्तावहरु असफल भएपछि उनले दुई हप्ताअघि प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी थिइन्।

कन्जर्भेटिभको नेताबाट हटेपछि पार्टीमा मेको उत्तराधिकरी खोज्ने बाटो खुलेको छ। पार्टीले नेताका रुपमा अर्को प्रधानमन्त्री छनौट नगरेसम्म मेले प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने बताइएको छ। मेले अघि सारेका योजनाहरुको उनकै पार्टीका नेताहरुले विरोध गरेपछि उनलाई पद त्याग गर्न दबाब बढेको थियो।

थेरेसा मेले राजीनामा घोषणा सँगै बेलायतमा नयाँ प्रधानमन्त्री बन्न धेरै आकांक्षी देखिएका छन्।

अलजजिराले प्रधानमन्त्री पदमा दाबेदारी प्रस्तुत गर्ने एक दर्जनभन्दा बढी कन्जर्भेटिभ नेताले तयारी गरिरहेको जनाएको छ। मे कन्जर्भेटिभ नेताबाट हटेपछि नयाँ प्रधानमन्त्री चयनका लागि पार्टी भित्र नेताहरु छलफलमा जुटिरहेका छन्।

मे क्याबिनेटमा मन्त्री रहेका बोरिस जोनसन प्रधानमन्त्री बन्ने रेसमा अगाडी रहेको बताइन्छ। उनी ब्रेक्जिटका समर्थक पनि हुन्। उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ रहेको छ। जोनसनका आलोचक मानिने माइकल गोभे पनि प्रधानमन्त्री बन्ने होडमा रहेको बताइएको छ।

मेका प्रस्तावहरु सदनमा विफल बनाउन मुख्य भूमिका खेलेका डोमिनिक राब समेत प्रधानमन्त्री पदका लागि आफ्नो दाबी रहेको प्रस्तुत गर्ने तयारीमा रहेको बताइन्छ।

हाउस अफ कमन्सकी पूर्व नेता अन्ड्रिए लिडसम, पूर्व स्वास्थ्य मन्त्री जेरेमी हन्ट, मे क्याबिनेटमा गृह मन्त्री रहेका साजिद जाविद, बेलायतकी पहिलो रक्षा मन्त्री पेनी मोर्डउन्ट समेत प्रधानमन्त्रीका दाबेदारका रुपमा देखिएका छन्।

यस्तै, इस्टर मिक्भेए, अमबर रुड, टोबियस एलउड लगायतका नेताहरुले पनि दाबेदारीका लागि तयारी गरिरहेको बुझिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell