PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

पाकिस्तानसँग अहिले कुनै वार्ता हुँदैन : भारत



पाकिस्तानसँग अहिले कुनै वार्ता हुँदैन : भारत
फोटो :AFP

नयाँ दिल्ली: भारतको विदेश मन्त्रालयले पाकिस्तानसँग अहिले कुनै किसिमको वार्ताको सम्भावना नरहेको बताएको बीबीसीको हिन्दी अनलाइन संस्करणमा उल्लेख गरिएको छ।

भारतमा निर्वाचन सम्पन्न भएपछि दुई राष्ट्रबीचको सम्बन्धमा केही सुधार आउने आशा रहेको र जुन १३ र १४ मा हुने संघाई सहयोग संगठनमा दुई देशका प्रधानमन्त्रीहरुबीच भेटवार्ता हुन सक्ने बताइएको थियो।

तर, भारतका विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले दुई नेताहरुबीच वार्ता हुने सम्भावनालाई खारेज गरेको बताइएको छ। उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच सम्मेलनमा भेट हुने कुनै कार्यक्रम नरहेको बताएका हुन्।

पाकिस्तानका विदेश सचिव सोहेल महमूद दुई नेताको वार्ता कार्यक्रम मिलाउन ईदका अवसरमा भारत पुगेका थिए। महमूदको भारत भ्रमणसँग भारतीय सञ्चार माध्यमहरुले मोदी र खानबीच अब वार्ता हुन सक्ने बताएका थिए। तर अहिले सम्म भारतमै रहेका महमूदले भारतीय समकक्षी विजय गोखलेसँग नै कुनै वार्ता भएको बारे जानकारी गराइएको छैन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell