PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालले गुमायो एक क्लिन बिजनेस पर्सानालिटी, थिए पूर्व राजा ज्ञानेन्द्रका बिजनेस पार्टनर



पहिलोपोस्ट

नेपालले गुमायो एक क्लिन बिजनेस पर्सानालिटी, थिए पूर्व राजा ज्ञानेन्द्रका बिजनेस पार्टनर
फाइल फोटो

काठमाडौं : नेपालका पहिलो पुस्ताका उद्यमी प्रभाकर शम्शेर राणाको निधन भएको छ। उपचारकै क्रममा अमेरिकामा उनको निधन भएको हो। उनी ८४ वर्षका थिए।दरबारसँग व्यवसायिक साझेदारी कायम राखेर प्रतिष्ठित उद्यमीका रुपमा स्थापित भएका राणा सोल्टी होटल इमिरेट्सका अध्यक्षसमेत हुन्।

उनकै नेतृत्वमा स्थापित भएका सेवा, उद्योग र व्यापार क्षेत्रसँग सम्बन्धित सोल्टी होटल, सिप्रदी ट्रेडिङ, सूर्य नेपाल, भोटेकोशी जलविद्युत र अमरावती इन्टरनेशनल लगायतका कम्पनी अहिले उनका छोरा सिद्धार्थको नेतृत्वमा संचालनमा छन्।

अमेरिकी समयअनुसार बिहीवार बिहान ४:३३ बजे उनको निधन भएको हो। उनको निधन हुँदा परिवारका सदस्यहरु सबै उनीसँगै थिए।

पूर्व राजा ज्ञानेन्द्रका साथीका रुपमा समेत चर्चित राणा व्यवसायमा भने सधैं क्लिन नै रहे। सबैभन्दा बढी कर तिर्ने नेपाली कम्पनीहरुको सूचीमा लामो समयदेखि उनले स्थापना गरेका उद्योगहरुले नै नेतृत्व लिँदै आएको छ। उनको अन्त्येष्टि अमेरिकामै हुने र बाँकी काम भने नेपालमा हुने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell