PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मोटरसाइकल, कार, बस किन्न महँगो पर्ने : भन्सार बिन्दुमा नै लाग्ने भो सडक निर्माण दस्तुर



पहिलोपोस्ट

मोटरसाइकल, कार, बस किन्न महँगो पर्ने : भन्सार बिन्दुमा नै लाग्ने भो सडक निर्माण दस्तुर

काठमाडौँ : यस पटकको बजेटले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरुको करको दर नबढाएको भए पनि भन्सार बिन्दूमा नै लाग्ने दस्तुरका कारण खरिद मूल्य बढ्ने भएको छ। 

आर्थिक विधेयकमा गरिएको व्यवस्था अनुसार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरु पैठारी हुँदाका बखत भन्सार बिन्दूमा नै सडक निर्माण दस्तुर लगाइनेछ। 

यदि जेठ १५ थते भन्दा अगाडि पैठारी भएका वा स्वदेशमा उत्पादन भएका सवारी साधन भए दर्ताका बखत दस्तुर लाग्नेछ। 

यसअघि दर्ताका बखतमात्र दस्तुर लाग्ने व्यवस्था थियो। 

दस्तुरको दर भने परिवर्तन गरिएको छैन। यस अनुसार १५५ सिसीसम्मको मोटरसाइकलको दस्तुर १५ हजार रुपैयाँ भन्सार बिन्दूमा लाग्नेछ। त्यसैगरी १५६ देखि २५० सिसीसम्मको मोटरसाइकलमा १८ हजार, २५१ देखि ४०० सिसीसम्मकोमा ५० हजार र ४०१ सिसीदेखि माथिसम्मको मोटरसाइकलमा २ लाख रुपैयाँ सडक निर्माण दस्तुर भन्सार बिन्दुमा लाग्नेछ। 

कार, जिप र भ्यानमा २ हजार सिसीसम्मका लागि मूल्यको आठ प्रतिशत र २ हजार सिसीभन्दा माथिका लागि मूल्यको १० प्रतिशत दस्तुर लाग्छ। 
माइक्रोबस, बस, ट्रक, टिपर, मिक्सचर, मिनीबस, मिनी ट्रक, मिनी टिपरका लागि मूल्यको सात प्रतिशत सडक निर्माण दस्तुर भन्सार बिन्दूमा नै असुल गरिनेछ। 

विद्युत, सोलार वा ब्याट्रीबाट चल्ने सवारी साधनमा सडक निर्माण दस्तुर ५० प्रतिशत छुट हुनेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell