PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

घरजग्गा बेच्दा लाग्ने लाभकर घट्यो



पहिलोपोस्ट

घरजग्गा बेच्दा लाग्ने लाभकर घट्यो

काठमाडौं : सरकारले घरजग्जा पुँजीगत लाभकर दर घटाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधवार बजेत भाषण गर्दै लाभकर घटाएको जानकारी दिए। नयाँ घोषणा अनुसार अब महानगरपालिका र उपमहानगरपालिका भित्र घरजग्गाको कारोबार गर्दा १० प्रतिशत र अन्य ठाँउमा ५ प्रतिशत लाग्ने गरि घटनाइएको हो।

अहिले घरजग्गाको कारोबार गर्दा सबैतिर १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ। अब महानगर र उपमहानगरपालिकाबाहेक सबैतिर घर बेच्नेले हासिल गर्ने लाभमा कम कर तिरे पुग्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell