PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

२०२० को नेपाल भ्रमणका लागि के छ बजेटमा?



पहिलोपोस्ट

२०२० को नेपाल भ्रमणका लागि के छ बजेटमा?

काठमाडौं : सरकारले आगामी वर्षलाई नेपाल भ्रमण वर्ष २०२० का रुपमा मनाउन पर्वतीय, धार्मिक, सांस्कृतिक, साहसिक पर्यटनको विकासमा टेवा पुग्ने गरी कार्यक्रम संचालन गर्ने जनाएको छ।

नेपाललाई पर्वतीयमात्र नभइ धार्मिक र सांस्कृतिक पर्यटन क्षेत्रको रुपमा विस्तार गर्दै धार्मिक क्षेत्रहरुको संरक्षण गर्ने जनाएको हो। आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले पर्यटन वर्ष मनाउन छनौट गरिएको पर्यटकीय स्थलहरुको निर्माण कार्य छिट्टै सम्पन्न गरिने बताए।

पर्यटन वर्षलाई लक्षित गर्दै नयाँ पर्यटकीय स्थलहरुको खोजी र विकासका लागि समेत बजेट निर्धारण गरिने जनाइएको छ। पर्यटकहरुलाई आकर्षित गर्न ऐतिहासिक स्थल र गढीहरुलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरिने भएको छ।

विश्वमा साहसिक पर्यटनको माग बढिरहेको भन्दै नेपालमा पनि साहसिक पर्यटनको विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा नै प्रचारप्रसार गरिने जनाइएको छ। पर्यटकहरुलाई आकर्षित गर्न महाभारत क्षेत्रका पर्यटकीय स्थलहरु पहिचान गरी बिदा मनाउने ठाउँका रुपमा विकास गरिने जनाइएको छ। ती क्षेत्रमा धार्मिक स्थलहरुको आकृति बनाइने धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिने छ। सरकारले यस वर्ष पर्यटन क्षेत्रको विकास गर्न २ अर्ब ६८ करोड छुट्याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell