PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

साढे १५ खर्ब हाराहारीको बजेट आज, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता बढाइँदै



पहिलोपोस्ट

साढे १५ खर्ब हाराहारीको बजेट आज, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता बढाइँदै
फाइल फोटो

काठमाडौँः आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट आज सङ्घीय संसद्मा पेस गरिँदैछ। अर्थमन्त्री डा. युवराज खतिवडाले दिउँसो ४ बजेको संयुक्त बैठकमा बजेट पेस गर्नेछन्। खतिवडाले दोस्रो पटक बजेट पेस गर्न लागेका हुन्। 

अघिल्लो वर्षको बजेटमा चौतर्फी आलोचना भएपछि राजनीतिक रूपमा केही नयाँ कार्यक्रम अघि सार्ने दबाब खतिवडामाथि छ। स्थानीय विकास पूर्वाधार कार्यक्रम (सांसद क्षेत्र विकास कोष) सामाजिक सुरक्षा, कर्मचारीको तलब भत्ता वृद्धि लगायतमा अर्थमन्त्रीमाथि दबाब छ।

कर्मचारीको तलब वृद्धिसहित साढे १५ खर्ब रुपैयाँ हाराहारीको बजेट सरकारले पेस गर्ने तयारी गरेको छ।

अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रूप दिइसकेको छ। बुधवार दिउँसो २ बजे बस्ने मन्त्रिपरिषद्ले बजेट अनुमोदन गर्नेछ।

स्रोत अनुसार यो पटक वृद्धवृद्धाको भत्तामा यो पटक पाँच सय रुपैयाँले वृद्धि गर्ने तयारी छ। कर्मचारीको तलब पनि वृद्धि गरिनेछ। नयाँ ठुला परियोजना खासै थप हुने छैनन्।

बजेटमा चालु वर्ष झैँ ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राखिएको छ। ८ प्रतिशतको आर्थिक वृद्धिका लागि स्रोत व्यवस्थापन राजश्वबाट करिब १० खर्ब, करिब दुई खर्ब आन्तरिक ऋण र बाँकी विदेशी ऋण तथा सहायतामा निर्भर गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell