PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यी हुन् सुकेधारा विस्फोटमा ज्यान गुमाउनेहरु



यी हुन् सुकेधारा विस्फोटमा ज्यान गुमाउनेहरु

काठमाडौँ: सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट हुँदा मृत्यु भएका तीन जनाको नाम खुलेको छ। 

घटना भएको २४ घन्टापछि प्रहरीले मृतकको नाम सार्वजनिक गरेको हो। प्रहरीको अनुसार सुकेधारामा मृत्यु हुनेमा कालिकोट घर भएका २७ वर्षीय विभुराम विक भनिने दिपेन बिक, अन्दाजी ४०/४५ वर्षीय निरन्तर मल्ल र दाङ बबही गाउँपालिका ३ घर भएका गोकुल रानामगर रहेका छन्।

विस्फोटमा मृत्यु भएका तीन जनाको नाम बाहेक अन्य कुरा खुल्न सकेको छैन। एउटै समयमा आइतवार घट्टेकुलोमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा  विप्लव समुहको विद्यार्थी सगठनका सिटिइभिटि कमिटिका अध्यक्ष रहेको खुलेको थियो।

मृतक चारै जना विप्लवका कार्यकर्ता भएको गृहमन्त्री रामबहादुर थापाले बताएका थिए। आइतबार राजधानीमा भएका विस्फोटबाट मृत्यु हुनेहरु 'नागरिक' नभएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्। 

'हिजोमात्र उपत्यकामा ठाउँठाउँमा विस्फोट भए। चार जनाको मृत्यु भएको छ। यहाँ कुनै नागरिकको मृत्यु भएको छैन। समूहसँग सम्बन्धित व्यक्तिको मृत्यु भएको छ। घाइते भएकाहरु पनि अधिकांश समूहसँग सम्बन्धित व्यक्तिहरु रहेका छन्,' गृहमन्त्री थापाले भने, 'नेकपा विप्लव भन्ने समूहले राज्यविरुद्ध संविधान विरुद्ध शान्ति विरोधी गतिविधि गर्दै आएका छन्।'

प्रहरीका अनुसार सुकेधारमा विस्फोटमा गरी घाइते भएका छोटेलाल ठाकुर, सुरेन्द्र महर्जन, हरि खड्कालगायतको उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell