PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

स्मिथको शतकमा अष्ट्रेलियाले विश्वकप आयोजक इंग्ल्याण्डलाई हरायो, भारत न्यूजिल्याण्डसँग पराजित



पहिलोपोस्ट

स्मिथको शतकमा अष्ट्रेलियाले विश्वकप आयोजक इंग्ल्याण्डलाई हरायो, भारत न्यूजिल्याण्डसँग पराजित

आइसीसी क्रिकेट विश्वकप २०१९ सुरु हुनुअघि अहिले वार्मअप खेलहरु भइरहेको छ। शनिवार भएको खेलमा विश्वकपको आयोजक इंग्ल्याण्ड र विश्वकप उपाधि जित्ने दाबेदार मानिएको भारत पराजित भएको छ।

साउथ ह्याम्पटनमा भएको खेलमा स्टिभ स्मिथको शानदार शतकको मद्दतमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई १२ रनले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले स्मिथको शतक मद्दतमा ९ विकेट गुमाएर २९७ रन बनाएको थियो। २९८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४९.३ ओभरमा २८५ रनमा अलआउट भयो।

स्मिथले १०२ बल खेल्दै ८ चौका र ३ छक्काको मद्दतमा ११६ रन बनाए। यस्तै डेविड वार्नरले ४३ तथा शन मार्स र एलेक्स केरीले ३०-३० रन जोडे। इंग्ल्याण्डका लागि लियम प्लनकटले ४ विकेट लिए।

उता ब्याटिङमा इंग्ल्याण्डका लागि जेम्स भिन्सले ६४, जोस बटलरले ५२ र क्रिस वोक्सले ४० रन जोडे। बलिङमा अष्ट्रेलियाका जासो बारोनडर्फ र केन रिचर्डसनले २-२ विकेट लिए।

अब अष्ट्रेलियाले श्रीलंका तथा इंग्ल्याण्डले अफगानिस्तानसँग अन्तिम अभ्यास खेल खेल्नेछ।

उता लण्डनमा भएको खेलमा न्यूजिल्याण्डले भारतलाई ६ विकेटले हरायो।

नवौँ नम्वरमा ब्याटिङ गरेका रविन्द्र जडेजाले ५४ रन बनाएपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा भारत ३९.२ ओभरमा १७९ रनमा अलआउट भएको थियो। यस्तै हार्दिक पाण्ड्याले ३० रन योगदान गरे। भारतलाई अलआउट गर्न न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ४ र जेम्स निसमले ३ विकेट लिए।

१८० रनको लक्ष्य न्यूजिल्याण्डले ३७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। न्यूजिल्याण्डका लागि कप्तान केन विलियम्सनले र रोस टेलरले अर्धशतक बनाए। टेरले ७१ र विलियमसनले ६७ रन जोडे।

अब दोस्रो तथा अन्तिम वार्म अफ खेलमा भारतले बंगलादेश र न्यूजिल्याण्डल वेष्टइन्डिजसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell