हलिउड अभिनेत्री एवं गीतकार म्यान्डी मुरे हाल नेपालमा छिन्। उनी सगरमाथा बेसक्याम्प ट्रेकमा छिन्।
उनले चारदिन यता नियमित ट्रेक रुटको फोटोहरु इन्स्टाग्राममार्फत सार्वजनिक गरिरहेकी छिन्।
उनको यात्राका लागि नेपाल पर्यटन बोर्डले शुभकामना व्यक्त गरेको छ। उनका केही तस्विरहरु फेसबुकमार्फत सेयर गर्दै बोर्डले लेखेको छ- म्यान्डी आफ्नो 'बकेट लिस्ट' मा रहेको, सगरमाथालाई नजिकबाट हेर्ने रहर पूरा गर्न नेपाल आएकी हुन्।