PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भारतको केरलमा इस्लामिक लडाकू प्रवेश गर्ने योजनामा, तटीय क्षेत्रमा हाई अलर्ट



भारतको केरलमा इस्लामिक लडाकू प्रवेश गर्ने योजनामा, तटीय क्षेत्रमा हाई अलर्ट
फोटो : NDTV

केरल: भारतको गुप्तचर निकायले श्रीलंका र भारतबीचको समुद्री मार्ग हुँदै इस्लामिक स्टेटका लडाकूहरुले प्रवेश गर्ने योजना बनाइरहेको जानकारी दिए पछि भारतको केरल राज्यका तटीय क्षेत्रहरुमा सुरक्षा सतर्कर्ता बढाइएको छ।

भास्कारको रिपोर्ट अनुसार १५ लडाकू डुंगाबाट भारत तर्फ अघि बढिरहेको सूचनाका आधारमा धेरै संख्यामा सुरक्षाकर्मीहरुको परिचालन गरिएको छ।

केरल प्रहरीले तटीय क्षेत्रमा हाई अलर्ट  गर्दै संदिग्ध डुंगाहरुबारे अनुसन्धान गरिरहेको बताएको छ।

२३ मेमा नै लडाकूहरु समुद्री क्षेत्रमा देखिएको सूचनाका आधारमा त्यही दिन देखी सावधानी अपनाउन सुरु गरिएको बताइएको छ।

हुनत:  केरलमा श्रीलंकामा भएको इस्टर आक्रमण देखिनै अलर्ट जारी भएको थियो। २५० भन्दा बढीको मृत्यु हुने गरि भएको आक्रमण पहिला आक्रमणकारीहरु केरलमा नै बसेको बताइन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell