PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सगरमाथामा 'ट्राफिक जाम': आरोहणका क्रममा मृत्यु हुनेको संख्या १० पुग्यो



सगरमाथामा 'ट्राफिक जाम': आरोहणका क्रममा मृत्यु हुनेको संख्या १० पुग्यो
फोटो: PROJECT POSSIBLE / AFP

सगरमाथा आरोहणका क्रममा शनिबार बेलायती नागरिक रोबिन ह्यानेसको मृत्यु भएको छ। उनको मृत्युसँगै यो सिजनमा आरोहणका क्रममा मृत्यु हुने आरोहीको संख्या दश पुगेको छ।

चुचुरोमा पुगेर फर्कने क्रममा ४४ वर्षीय ह्यानेस आठ हजार ७०० मिटरमा आइपुग्दा बेहोस भएका थिए। १५० मिटर तल खसेका उनलाई उद्धार गर्न कोसिस गरिएको थियो। तर उद्दार पहिले नै उनको मृत्यु भएको काठमाडौँस्थित एभरेस्ट परिवार ट्रेकले जनाएको अलजजिराले उल्लेख गरेको छ।

शुक्रबार मात्रै आयरल्याण्डका केभिन ह्याइनेस र नेपाली गाइड धुब्र विष्टको मृत्यु भएको थियो।

यसपटक ३०० भन्दा बढी आरोहीहरूले सगरमाथा आरोहणको लागि स्वीकृति लिएको बताइएको छ। 

केही दिनअघि मात्रै सगरमाथाको चुचुरोमा पुग्न आरोहीहरू लाइनमा बसेको फोटो सार्वजनिक भएपछि सगरमाथामा बढिरहेको 'ट्राफिक जाम' का बारेमा अन्तर्राष्ट्रियस्तरमा नै बहस भएको थियो। मौसम अनुकूल भएसँगै एकै दिन आरोही चुचुरो पुग्ने प्रयासमा रहने भएकाले ट्राफिक जाम भएको बताइएको छ। 

सगरमाथाको चुचुरोमा पुग्ने होडमा सो क्षेत्रमा वातावरण प्रदूषण बढेको भन्दै त्यसको नियन्त्रणका लागि आरोहणमा कडाइ गर्नुपर्ने माग सरोकारवालाहरूले गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell