PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

उपराष्ट्रपति पुनको अष्ट्रिया भ्रमण, सवारीका क्रममा दुईतर्फी सडक बन्द



उपराष्ट्रपति पुनको अष्ट्रिया भ्रमण, सवारीका क्रममा दुईतर्फी सडक बन्द
फाइल फोटो

उपराष्ट्रपति नन्दबहादुर पुन साताव्यापी भ्रमणका लागि अष्ट्रिया प्रस्थान गरेका छन्। 

अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान ड बेलनको निमन्त्रणामा पुन जलवायुसम्बन्धी आर २० विश्व शिखर सम्मेलनमा सहभागी हुन अष्ट्रिया प्रस्थान गरेका हुन्। 

उपराष्ट्रपतिको सवारीका कारण बिहान केशरमहल, संग्रहालय गेट, जयनेपाल, कृष्ण पाउरोटी, कमलपोखरी, लोत्से चोक, ज्ञानेश्वर, रातोपुल, गौशाला चोक, तिलगंगा, एयरपोर्ट गेट हुँदै चल्ने सवारी साधनहरु दुईतर्फी रुपमा रोकिएका थिए। 

अहिले सवारी आवगमन पुनः सुरु भइसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

यस्तो छ भ्रमण तालिका

पुन सम्मेलनको पहिलो फोकस सत्रमा प्यानलिस्टका रुपमा सहभागी हुनेछन्। उनले 'राइजिङ एम्विसन एक्सन फर क्लाइमेट'को पहिलो छलफल सत्र 'क्लाइमेट लिडरसीप'मा सम्बोधन गर्नेछन्।

यो सत्रमा उपराष्ट्रपति पुनसँगै हंगेरीका राष्ट्रपति जानोस अडेर, घानाका राष्ट्रपति नाना अकुफो अड्डो, मोजाम्विकका राष्ट्रपति फ्लिपे न्यूसी र लाटभियाका राष्ट्रपति रेइमण्ड भेजोनिस सहभागी हुनेछन्। त्यस्तै यो सत्रमा विश्व बैंकका सिइओ क्रिस्टालिना जर्जियभा र फ्रान्सका जैविक तथा समावेशी मन्त्रालयका सेक्रेटरी अफ स्टेट पनि प्यानलिस्टको रुपमा सहभागी हुनेछन्।

यो सत्रको सहजीकरण पत्रकार मेलिन्डा क्रेनले गर्ने छन्। उनी जर्मन टेलिभिजन डि डब्लु टिभीका प्रमुख राजनीतिक सम्बाददाता हुन्।

यो सम्मेलनमा अन्तरिक्षबाट अमेरिकी अन्तरिक्षयात्री स्कट केलीले अन्तरिक्षबाट देखिने दृश्यको प्रत्यक्ष जानकारी दिनेछन्। उनले 'भ्यू फ्रम स्पेस' सत्रमा सहभागिता जनाउँदै छन्।

यता भियनास्थित नेपाली दूतावासले १४ गते पुनको सम्मानमा कार्यक्रम आयोजना गर्दैछ। भियनास्थित हिल्टन भियना डानुवे वाटरफ्रन्टमा उपरराष्ट्रपति पुनको सम्मानमा कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell