PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कीर्तिमानी कामीरितालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत, दर्जन फोटोमा हेर्नुस्

कीर्तिमानी कामीरितालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत, दर्जन फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: यो सिजनमा हप्तामै २ पटक सगरमाथा आरोहण गरे कामीरिता शेर्पाले। त्यसपछि बने सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने आरोही। कामीरिताले हालसम्म २४ पटक सगरमाथा आरोहण गरिसकेका छन्।

शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गरेका थिए।  त्यस्तै गरी जेठ ७ गते पुन सगरमाथाको चुचुरो पुगे र २४ औं पटकको रेकर्ड बन्यो। 

सोलुखुम्बुको थामेगाउँमा जन्मेका ४९ वर्षीय कामीरिताले आगामी वर्ष २५औँ पटक सगरमाथा आरोहण गरेर सन्न्यास लिने यसअघि नै बताइसकेका छन्।

उनी आज सोलुखुम्बुबाट काठमाडौं ओर्ले। आरोही शेर्पालाई विमानस्थलको आन्तरिक टर्मिनल परिसरमा भव्य स्वागत गरियो। उपस्थित शेर्पा समुदायले परम्पराअनुरुप शेर्पा पहिरनमा झाँकी, सांस्कृतिक बाजागाजासहित कीर्तिमानी शेर्पालाई स्वागत गरेका थिए। शेर्पालाई नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामा, महासचिव कुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङसहितका पदाधिकारी तथा सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पालगायतले स्वागत गरेका थिए। 

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पाएकाले पनि सन् २००९, २०१० र २०१३ को वसन्त ऋतुको एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका हुन्। कामीरितापछि हालसम्म आप्पा शेपा, ङ्मिानुरु शेर्पा र फुर्वाटासी शेर्पाले समान २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाले समान १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ।     



ट्रेन्डिङ पोस्ट

Ncell