PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

भारतका राष्ट्रपतिद्वारा १६ औं लोकसभा विघटन, फेरि सरकार बनाउने दाबी पेश गर्दै मोदी



भारतका राष्ट्रपतिद्वारा १६ औं लोकसभा विघटन, फेरि सरकार बनाउने दाबी पेश गर्दै मोदी
फोटो: PTI

नयाँ दिल्ली : भारतका राष्ट्रपति रामनाथ कोविन्दले १६ औं लोकसभा विघटन गरेका छन्। केन्द्र सरकारको अनुरोधमा राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै १७ औं लोकसभा को गठन गर्ने तयारी स्वरुप वर्तमान लोकसभा विघटन गरेको नवभारत टाइम्सले जनाएको छ।

 

 

भारतमा अप्रिल ११ बाट सुरु भएर  मे १९ मा सकिएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले ३०३ सिट ल्याउँदै लोकसभामा बहुमत हसिल गरेको थियो। भारतीय राष्ट्रिय कांग्रेसले भने ५२ सिटमै चित्त बुझाउनु परेको थियो। 

बहुमत हासिल गरेसँगै नयाँ सरकार बनाउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार राष्ट्रपति समक्ष राजीनामा दिएका थिए।

लोकसभा विघटनसँगै नरेन्द्र मोदीले आजै राष्ट्रपतिलाई भेटेर नयाँ सरकार बनाउने दाबी गर्ने बुझिएको छ।

राष्ट्रपतिसँगको भेटपछि यसै हप्ता मोदीले फेरि एकपटक प्रधानमन्त्रीका रुपमा दोस्रो कार्याकालका लागि सपथ लिनेछन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell