PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मेसीले छैटौं पटक जिते 'युरोपियन गोल्डेन सू '



मेसीले छैटौं पटक जिते 'युरोपियन गोल्डेन सू '

 लियोनल मेसीले छैटौं पटक 'युरोपियन गोल्डेन सू' जितेका छन्। मेसीले लगातार तेस्रोपटक यो अवार्ड जितेका हुन्।

युरोपका शीर्ष लिगहरुमा खेल्ने खेलाडीहरुमध्ये सर्वाधिक गोलकर्तालाई गोल्डेन सू दिने गरिन्छ।

यसपटक ला लिगामा बार्सिलोनालाई च्यामपियन बनाउन मेसीले ३४ खेलमा ३६ गोल गरेका थिए।

मेसी भन्दा तीन गोल कम गरेकाले पेरिस सेन्ट जर्मनका केलिन एम्बाप्पेले गोल्डेन बुट पाउनबाट चुके। लिग वानको फाइनल खेलमा गोल्डेन सू पाउन एम्बाप्पेले ५ गोल गर्नुपर्ने थियो। तर उनले एक गोल मात्र गर्न सके।  

६ पटक गोल्डेन सु जितेर मेसीले क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन्। रोनाल्डोले हालसम्म चारपटक मात्रे यो सू हासिल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell