PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

जलवायु परिवर्तनप्रति सचेत गराउन सडकमा उत्रे ११० देशका १० लाख विद्यार्थी

जलवायु परिवर्तनप्रति सचेत गराउन सडकमा उत्रे ११० देशका १० लाख विद्यार्थी


विश्वका अधिकांश राष्ट्रहरुमा जलवायु परिवर्तनका बारे सचेत गराउन र त्यसको प्रभाव न्यूनिकरण गर्न कदम चाल्न माग राख्दै विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन्।

करिब ११० राष्ट्रका १० लाखभन्दा बढी विद्यार्थीहरुले शुक्रवार एकसाथ प्रदर्शन गरेको बीबीसीले उल्लेख गरेको छ। विद्यालयका कक्षा छोडेर उनीहरु सरकार र व्यवसायीहरुलाई जलवायु परिवर्तनले हुने खतराप्रति सचेत रहन दबाब दिँदै सडकमा उत्रेका हुन्।

आयोजकहरुले स्वीडेनको संसद भवन अगाडी वातावरण संकटप्रति नेताहरुलाई सचेत गराउने उद्देश्यले प्रदर्शन गरेकी ग्रेटा थनबर्गबाट यो आन्दोलन गर्ने प्रेरणा मिलेको बताएका छन्।

नेताहरु कुरा सुनिरहेको छैनन्, किन पढ्नु?' भन्दै ग्रेटाले विद्यालय नगइ हडतालमा बसेर सुरु गरेको आन्दोलन अहिले विश्वभर फैलिएको हो।

हरेक शुक्रवार युरोप, अमेरिका, अस्ट्रेलियाका साथै केही एसियाली राष्ट्रहरुमा विद्यार्थीहरु सडकमा निस्केर प्रदर्शन गर्दै आएका छन्।  

फोटो: REUTERS/GETTY IMAGE/ EPA


ट्रेन्डिङ पोस्ट

Ncell