PahiloPost

Mar 30, 2024 | १७ चैत्र २०८०

जितसँगै किनारा लाग्ने संशयमा मोदीका मन्त्रीहरु



पहिलोपोस्ट

जितसँगै किनारा लाग्ने संशयमा मोदीका मन्त्रीहरु
Photo: Hindustan Times

नयाँ दिल्ली : सरकारी कर्मचारी र पत्रकारमात्र होइन यतिखेर अब बन्ने मोदी सरकारको आकार कस्तो हुन्छ भन्ने जिज्ञासा मन्त्रिमण्डलका सदस्यहरुकै लागि पनि चासोको विषय बनेको छ। आगामी साता भारतमा नयाँ सरकार गठन हुँदैछ जसमा प्रधानमन्त्रीमा नरेन्द्र मोदीबाहेक अरु मन्त्रीहरुको कुनै सुनिश्चितता छैन। भारतीय जनता पार्टीको बहुमतको सरकार बन्दै गर्दा जित हासिल गरेका मन्त्रीहरु पनि फेरि अर्को कार्यकालमा जोडिन पाउने या नपाउने निश्चित हुन सकेका छैनन्।

दोस्रो कार्यकाल सम्हाल्दै गर्दा प्रधानमन्त्री मोदीले बृहत रुपमा विज्ञहरुको राय लिइरहेका छन् जसको मूल्याङ्कनका आधारमा उनले नयाँ सरकारका लागि मन्त्रीहरुको सूची तयार गर्नेछन्। त्यसले नै फैसला गर्नेछ बहालवाला मन्त्रीहरु फेरि पदमा रहन्छन् या रहँदैनन् भन्ने।

शुक्रवारदेखि नै मन्त्रीहरुलाई काम गर्ने कसरी भन्ने समस्या परेको छ। अधिकांशलाई आफ्नो नियमित बाहेक नयाँ काम अगाडि बढाउन असमान्जस्यता देखिएको छ। आफ्नो कक्ष खाली गर्नुपर्ने हो कि भन्ने अन्योलमा पनि छन् कतिपय। प्रधानमन्त्री मोदी र पार्टी प्रमुख अमित साहको निर्णयमा मन्त्री पदबाट बाहिरिनुपर्ने या रहिरहने निश्चित नभएकाले उनीहरु समस्यामा छन्। लोकसभा निर्वाचनमा पराजित एक मन्त्रीको कार्यकक्ष भने शुक्रवार बन्दै रह्यो। सम्भावित हस्तान्तरणलाई आधार बनाउँदै कतिपय कार्यालयका कम्प्युटरबाट व्यक्तिगत र अनावश्यक फाइलहरु डिलिट गरिएको छ। चुनावबाट थप बलियो बनेको बिजेपीका सांसदभन्दा मन्त्रीहरुमा अहिले बेचैनी बढी देखिएको टाइम्स अफ इन्डियाले जनाएको छ।

हालैको निर्वाचनमा भाजपा नेतृत्वको एनडिएले ३ सय ५० सिटमा जित हासिल गरेको छ। ५ सय ४३ सिटको लोकसभामा भाजपाको मात्रै ३ सय ३ सिट छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell