PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'प्रेम गीत ३'का लागि दुई हजारभन्दा बढी युवतीको आवेदन, छानिए उत्कृष्ट २५



पहिलोपोस्ट

'प्रेम गीत ३'का लागि दुई हजारभन्दा बढी युवतीको आवेदन, छानिए उत्कृष्ट २५

फिल्म ‘प्रेम गीत’ को तेस्रो श्रृङ्खलाका लागि 'गीत' पात्रको खोजीमा छ निर्माण युनिट। मुख्य अभिनेत्री बन्न चाहनेका लागि एक महिना अघि आवेदन फारम खुला समेत गरिएको थियो।

सिरिज ‘प्रेम गीत ३’का लागि मा २ हजार ७ सय १४ जना युवतीले आवेदन दिएको निर्माता तथा निर्देशक सन्तोष सेनको दाबी छ। आसुसेन फिल्म्स प्रोडक्सनले तिनै आवेदकहरुबाट उत्कृष्ट २५ जनालाई अडिसनका लागि छानेको छ।  

निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले छानिएकामध्यबाट एकलाई छान्ने छन्।

प्रेम गीतको पहिलो संस्‍करणमा पूजा शर्मा र दोस्रोमा अश्लेषा ठकुरी मुख्य अभिनेत्री रहेका थिए।

प्रि प्रोडक्सनमा रहेको फिल्म ‘प्रेम गीत ३’ले चैत २८ गते रिलिज टार्गेट राखेको छ। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell