PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भागी विवाहको काण्डले झडप : प्रहरीबाट कुटिए वडा अध्यक्ष



एम बम

भागी विवाहको काण्डले झडप : प्रहरीबाट कुटिए वडा अध्यक्ष
तस्बिर : केशव भट्टराईको फेसबुकबाट

कैलाली : कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकबजारमा भागी विवाहको विवाद मिलाउने क्रममा प्रहरीबाट जनप्रतिनिधि कुटिएका छन्।

१५ वर्षीय किशोर र १४ वर्षीया किशोरीले भागेर विवाह गर्न खोज्दा केटा पक्षले प्रहरीलाई गुहारेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो। झडपमा परी पुनर्वास नगरपालिका ११ का वडा अध्यक्ष तुलसी अर्याल सहित तीन जना घाइते भएका छन्।

बिहीवार वडा नम्बर ११ का १५ वर्षीय रोमन विक र १४ वर्षीय पुष्पा तामाङले भागेर विवाह गर्न खोजेपछि केटा पक्षकाले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि उत्पन्न विवाद मिलाउन प्रहरीले दुवै पक्षलाई प्रहरी चौकी पचकडीयामा बोलाएर केटालाई घर परिवारको जिम्मा लगाएको थियो। तर, केटी पक्षको कोही नआएको भन्दै इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीका प्रहरी निरीक्षक कर्णबहादुर बमले पुष्पालाई इलाकामा लैजान खोजेपछि स्थानीयले विरोध गरेका थिए।

सोही क्रममा प्रहरीले लाठी चार्ज गर्दा वडा नम्बर ११ का अध्यक्ष तुलसी अर्याल सहित तीन जना घाइते भएका हुन्। अध्यक्ष अर्यालसहित त्यहाँका स्थानीयले प्रहरीले मदिरा सेवन गरेर स्थानीय माथि एक्कासी लाठी चार्ज गरेको भन्दै डोकेबजार क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका छन्। तर, प्रहरी निरीक्षक बमले भने लाठीचार्ज नभएर किशोरीलाई इलाकामा लैजाने क्रममा सामान्य विवाद भएको बताए। प्रहरीले मदिरा सेवन गरेर लाठीचार्ज नगरेको उनको दाबी छ ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell