PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष साहलाई देउवाको बधाई



भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष साहलाई देउवाको बधाई
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित साहलाई निर्वाचनमा जित हासिल गरेकोमा बधाई दिएका छन्।

आज शाह र मोदीलाई बेग्लाबेग्लै पत्र पठाएर देउवाले दुबैलाई बधाई दिएका हुन्।

मोदीलाई पठाएको पत्रमा भनिएको छ, 'तपाईको पार्टीले लोकसभाको निर्वाचनमा पाएको सफलताको खबरले एकदमै खुसी भएको छु। यो जितले तपाईकोको नेतृत्व कुशल रहेको र सरकारमा सक्षमता प्रदर्शन भएको देखिएको छ। यो अवसरमा नेपाली कांग्रेस र मेरो तर्फबाट दोस्रो कार्यकालका लागि धेरै धेरै बधाई।'

त्यसैगरी अध्यक्ष साहलाई पठाएको पत्रमा भाजपाले निर्वाचनमा राम्रो अभियान सञ्चालन गरेकोले राम्रो नतिजा प्राप्त भएको भन्दै प्रशंसा गरिएको छ। उनलाई देउवाले भनेका छन्, 'नेपाल र भारतबीच सदियौँ देखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दुबै पार्टी बीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुने विश्वास छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell