PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सगरमाथा सफाइमा भेटिए चार शव, ल्याइयो काठमाडौं

सगरमाथा सफाइमा भेटिए चार शव, ल्याइयो काठमाडौं

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सगरमाथामा भेटिएका चार शव काठमाडौं ल्याइएको छ। सगरमाथा हिमाल सफाइ अभियान - २०७६ ले सरसफाइका क्रममा सगरमाथा क्षेत्रमा भेटिएका शवहरु ल्याइएको हो।

पहिचान नखुलेकाले शवहरु पोस्टपार्टमका लागि शिक्षण अस्पताल, महराजगञ्ज पठाइएको छ। सफाई अभियानका महासचिव कुल गुरुङले १२ दिन अघि भेटिएका शव काठमाडौं ल्याइएको बताए। 

गुरुङले पहिलोपोस्टसँग भने, '१२ दिन अघि सगरमाथा क्षेत्रमा भेटिएका शव ल्याएका हौं। कंकालहरु भेटिएकाले ७/८ वर्ष पुरानो जस्तो देखिन्छ। तर यकिन गर्न सकिन्न।'

सगरमाथा आरोहणका क्रममा हरेक वर्ष आरोहीको मृत्यु हुने गर्छ। शव निकाल्न खर्चिलो र कठिन हुने भएकाले पनि पुराना शवहरु अझै रहेको अनुमान गरिएको छ।

यही सिजनमा सगरमाथा आरोहणका क्रममा तीन जनाको ज्यान गइसकेको छ। बुधवार एक अमेरिकीको मृत्यु भएको थियो भने यसअघि एक भारतीय र एक आइरिसको मृत्यु भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell