PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

२०२० मा 'राष्ट्र संघीय वेशक दिवस' लुम्बिनीमा मनाउने, यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु



२०२० मा 'राष्ट्र संघीय वेशक दिवस' लुम्बिनीमा मनाउने, यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

काठमाडौं: सरकारले अर्को वर्ष बुद्ध जयन्तीको रुपमा अन्तर्राष्ट्रिय रुपमा मनाइने वेशक डे लुम्विनीमा मनाउने निर्णय गरेको छ। जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

यी हुन् सरकारका निर्णयहरु:

भन्सार ऐनको नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्विकृति प्रदान।

जापान सरकारबाट प्रोजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसिप अन्तर्गत प्राप्त हुने २५ करोड साठी लाख रुपैयाँ सहायता स्विकार गर्ने।

विदेशी लगानीका लागि न्यूनतम सिमा नेपाली पाँच करोड रुपैयाँ तोक्ने।

खानी तथा खानिज पदार्थ सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्विकृति।

मेलम्ची खानेपानी आयोजना निर्माणमा विशेष परिस्थिति सिर्जना भएकोले बाँकी सबै काम अगाडि बढाउने।

नेपाल र फिनल्याण्डबीच द्विपक्षीय संयन्त्र निर्माण गठन गर्न सहमति पत्रमा ओहोदा मिलाएर हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयललाई जिम्मेवारी। 

नेपाल र नर्वेबीच द्विपक्षीय संयन्त्र निर्माण गठन गर्न सहमति पत्रमा ओहोदा मिलाएर हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयललाई जिम्मेवारी। 

युक्त राष्ट्र संघ वैशाख दिवस २०२० लुम्बिनीमा आयोजना गर्ने निर्णय भएको छ।

सरकारी सार्वजनिक र गुठीको जग्गाको संरक्षण सम्बन्धी जाँचबुझ गर्न ६ महिनाको कार्यावधीसहित मोहन भट्टराईको अध्यक्षतामा जानकी बल्लभ अधिकारी, दुर्गा दाहाल, जगतबहादुर देउजा सहितको चार सदस्यीय समिति गठन

प्रदेश सरकार अन्तर्गत रहेका सेती राजमार्ग उत्तर खण्ड टिकापुर-चैनपुर चाक्लाकोटलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ल्याइ सञ्चालन गर्ने।

प्रत्येक वर्ष जेठ १६ गतेलाई महिला अधिकार दिवसको रुपमा मनाउने।

वर्ष २०७६ लाई लैंगिक हिंसा विरुद्धको अभियान वर्षको रुपमा मनाउने निर्णय गरिएको छ।

संघ प्रदेश र स्थानीय तहमा पर्ने विकास सम्बन्धि आयोजनाहरुको वर्गिकरण तथा बाँडफाँड सम्बन्धी मापदण्द स्विकृत गरिएको छ।

आयोजनाहरुको बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड स्विकृत गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell