PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गलत नियत भएका प्रहरी सङ्गठनमा अटाउँदैनन् : प्रहरी महानिरीक्षक खनाल



पहिलोपोस्ट

गलत नियत भएका प्रहरी सङ्गठनमा अटाउँदैनन् : प्रहरी महानिरीक्षक खनाल

काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले आफूले गरेको कामप्रति राष्ट्र, समाज, परिवार र आफैँले गर्व महसुस गर्न सक्ने गरी काम गर्नुपर्न बताएका छन्।

बिहीवार महानगरीय प्रहरी परिसर मातहतका जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवानहरूलाई निर्देशन दिँदै महानिरीक्षक खनालले गलत काम गर्ने प्रहरी सङ्गठनमा नअटाउने चेतावनी समेत दिए। महानिरिक्षक खनालले भने,'गलत नियतमाथि कुनै पनि छुट छैन, त्यस्ता व्यक्ति प्रहरी सङ्गठनमा अटाउन पनि सक्दैनन्।‘

विशिष्ट व्यक्तिको सुरक्षा, सडक सुरक्षा तथा नागरिकसँग प्रत्यक्ष सहकार्यमा गर्ने प्रहरी स्मार्ट हुनुपर्ने भएकोले बोली, वचन, व्यवहार लगायत क्रियाकलाप चुस्त, दुरुस्त र नमुनायोग्य बनाउनसमेत सुझाव दिए। प्रहरीको बर्दी लगाएर राष्ट्र र नागरिकको सुरक्षा गरी देशको सेवा पाएको भन्दै भने, ‘यो भन्दा ठूलो सेवा अरु कुनै छैन्। हामीले गर्व गर्ने ठाउँमा जागिर खाएका छौँ, यसमै आनन्द लिनुस्।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell