PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निर्मला पन्तको घरमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, 'सरकारलाई हत्यारा पत्ता लगाउन दबाव दिन्छौं'



निर्मला पन्तको घरमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, 'सरकारलाई हत्यारा पत्ता लगाउन दबाव दिन्छौं'

महेन्द्रनगर: नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बलत्कारपछि हत्या गरिएकी  कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको घरमा पुगेका छन्।

पार्टीको जागरण अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका विभिन्न कार्यक्रममा सहभागी हुन कञ्चनपुर पुगेका पौडेलले निर्मलाकी आमा दुर्गादेवीलाई भेटेर हत्यारालाई जुनसुकै हालतमा पनि पत्ता लगाउन सरकारलाई दबाव दिने आश्वासन दिए। उनले सरकारलाई हत्यारालाई जुनसुकै हालतमा पत्ता लगाउन आग्रह गरे।

गत साउन १० गते महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो। निर्मलाको हत्यारा अझै पत्ता लागेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell