PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रहरीले गोली हानि भारतिय लुटेरा समुह नियन्त्रणमा लियो, बिहारकुण्ठको सम्पति लुटिनबाट जोगियो !



पहिलोपोस्ट

प्रहरीले गोली हानि भारतिय लुटेरा समुह नियन्त्रणमा लियो, बिहारकुण्ठको सम्पति लुटिनबाट जोगियो !

काठमाडौंः धनुषा प्रहरीले  एक लुटेरा समुहलाई नियन्त्रणमा लिएको छ। 

बुधवार राति लुट्ने योजना बनाएर भारतको समस्तिपुरबाट नेपाल छिरेका ८ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिनको लागि गोलि समेत प्रहार गरेको छ। प्रहरीको गोली लागि एक भारतिय नागरिक घाइते भएको दुई नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी हरी पालले बताए। घाइतेको जनकपुर अस्पतालमा उपचार भइरहेको छ।

उनीहरुले  जनकपुर उपमहानगरपालिका विहारकुण्ठ मन्दिरका महन्तमाथि लुटपाट गर्न र मन्दिरको सम्पति लुट्ने योजना बनाएर नेपाल छिरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 'मन्दिरको रकम लुट्ने योजना बनाएर आएका थिए। हामीले पहिले नै सुचना पाएर मन्दिरमा निगरानी बढाएका थियौं। उनीहरुलाई नियन्त्रण लिन गोली प्रहार गर्नुपर्‍यो।' डिआइजी पालले भने।

प्रहरीले उनीहरुको साथबाट एक थान सिक्सर पोस्तोल, एक थान कटुवा पेस्तोल र छ राउण्ड गोली, भारतिय नम्वरको स्कुटि  समेत बरामद गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell