PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यस पटकको विश्वकप धेरै चुनौतीपूर्ण हुनेछ : विराट कोहली



पहिलोपोस्ट

यस पटकको विश्वकप धेरै चुनौतीपूर्ण हुनेछ : विराट कोहली

१२औँ संस्करणको आइसीसी क्रिकेट विश्वकप २०१९ सुरु हुन अब एक साता मात्र बाँकी छ। टिमहरु इंग्ल्याण्ड पुग्ने तयारीमा छन् भने अन्तिम टोली घोषणा भइरहेको छ।

यसैबीच भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले यस पटकको विश्वकप एकदमै चुनौतीपूर्ण विश्वकप हुने बताएका छन्।

प्रतियोगिताको फर्म्याट र भारतको सुरुवाती अपोनेन्टको कारण विश्वकप चुनौतीपूर्ण हुने उनको बुझाई छ।

५० ओभरको प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पार्नका लागि विश्वका उत्कृष्ट १० राष्ट्रहरु करिब डेढ महिला प्रतिस्पर्धामा होमिनेछन्।

प्रत्येक टिमले एक-आपसमा खेल्नेछन्। सिंगल राउण्ड रोविनमा हुने प्रतियोगितामा एक टिमले ९ खेल खेल्नेछन्। त्यसपछि शीर्ष चार टोली सेमिफाइनल पुग्नेछ। यस्तो परिस्थितमा सबैभन्दा सन्तुलित प्रदर्शन गर्ने टिमले उपाधि जित्नेछ।

'निश्चय नै यो धेरै चुनौतीपूर्ण विश्व कप हो, फर्म्याटको हेरेर। साथै यदी तपाई तपाई टिमहरु हेर्नुहुन्छ भने सबै उस्तै देखिन्छन्।' भारतीय टिम इंग्ल्याण्ड प्रस्थान गर्नुअघि कप्तान कोहलीले मिडियालाई भने।

'अफगानिस्तानले समेत २०१५ यता धेरै प्रगति गरिरहेको छ। प्रत्येक खेलमा हामीले हाम्रो क्षमता अनुसार उत्कृष्ट खेल्नुपर्नेछ।'

भारतले आफ्नो सुरुवाती चार खेलमा दक्षिण अफ्रिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड र पाकिस्तानसँग खेल्नेछ। कोहलीले विपक्षी टिमको क्षमताले गर्दा ढुक्क हुने स्थिती नरहेको बताए।

'राम्रो के छ भने प्रत्येक खेलको बीचमा सहि ग्याप छ। खेलाडीहरु हतार हुनुपर्ने छैन। हामीसँग जहिल्यै एकजुट हुनको लागि समय हुनेछ। हाम्रो लगातार चार खेल टफ छऽ र त्यसले हाम्रो लय कायम गर्नेछ। हामीसँग ढुक्क हुने स्थिती छैन। त्यसैले नै यो विश्वकप हो। खेलको दिन तयार भएर आउनुपर्नेछ। त्यो नै चुनौती हो।'

दुईवर्षअघि इंग्ल्याण्डमा भएको च्याम्पियन्स ट्रफी-२०१७ को फाइनलमा भारत पाकिस्तानसँग पराजित भएको थियो। तर ५० ओभरको विश्वकपमा भारत चिरपरिचित प्रतिद्वन्दी पाकिस्तानसँग अपराजित छ।

कोहलीले पाकिस्तानको लागि कुनै फरक तयारी नरहेको बताए।

'यदी हामी प्रत्येक टिमसँग छुट्टै फोकस भयौँ भने हामी हाम्रो अभियानमा केन्द्रित हुन सक्दैनौँ।' कोहलीले भने' 'तयारीमा कुनै फरक हुँदैन, हाम्रो क्षमतामा केन्द्रित हुनुपर्नेछ।'

भारतले आगामी जुन ५ मा दक्षिण अफ्रिकासँग साउथह्याम्पटनमा खेल्दै विश्वकपको यात्रा सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell