PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चलचित्र पत्रकारिता दिवसको अवसरमा पत्रकार सम्मानित



चलचित्र पत्रकारिता दिवसको अवसरमा पत्रकार सम्मानित

२० औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट वरिष्ठ सञ्चारकर्मी तथा कवि डा.नवराज लम्साललाई सम्मान गरिएको छ।

चलचित्र पत्रकार संघ मकवानपुर शाखाको आयोजनामा मंगलबार हेटौँडामा भएको कार्यक्रमका उनलाई ११ हजार १ सय ११ नगद सहित सम्मान गरिएको हो। तीन दशकदेखि नेपाली कला, भाषा र चलचित्र क्षेत्रमा कलम चलाएका डा.लम्साल हाल रेडियो नेपालमा कार्यरत छन्।

यस्तै, यो वर्ष ‘चलचित्र पत्रकारिता पुरस्कार २०७६’ मा मकवानपुरका पत्रकार रोशन पराजुलीलाई पुरस्कृत गरिएको छ।

पराजुलीलाई नगद ५ हजारसहित पुरस्कृत गरिएको हो।  हेटौंडाबाट २०५२ सालदेखि कामना न्युज पब्लिकेशन प्रालि, नेपाल समाचार पत्रमा कलम चलाँउदैं आएका पराजुली हेटौंडाबाट प्रकाशित हेटौंडा सन्देशमा पनि कार्यरत छन्।

संघले मकवानपुरबाट राष्ट्रिय स्तरमा कलाकारिता गर्दै आएका कलाकारलाई पनि सम्मान गर्दै आएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell