PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

मोडल खुश्बु ओली 'चेक बाउन्स' मुद्दामा दोषी, रकम तिर्न अदालतको आदेश



पहिलोपोस्ट

मोडल खुश्बु ओली 'चेक बाउन्स' मुद्दामा दोषी, रकम तिर्न अदालतको आदेश

काठमाडौँ : मिस टिन २००६ तथा चर्चित मोडल खुश्बु ओली चेक बाउन्स मुद्दा दोषी ठहरिएकी छिन्। काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध परेको मुद्दामा फैसला सुनाउँदै दोषी ठहर्‍याएको हो।

न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ओलीलाई दोषी ठहर गर्दै बाउन्स रकम तिर्न फैसला सुनाएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।

गोपाल कटुवालले खुश्बु विरुद्ध ३६ लाख रुपैयाँको चेक बाउन्स गरेको भन्दै उजुरी गरेका थिए। गत साउन २९ गते उनीविरुद्ध मुद्दा परेको थियो।

प्रहरी इन्काउन्टरमा मारिएका धादिङका दिनेश अधिकारी उर्फ 'चरी'सँगको प्रेम सम्बन्धका कारण यिनी पहिलेदेखि नै चर्चामा थिइन्। सन् २००६ को मिस टिन बनेपछि खुश्बुको गुण्डा नाइकेका रुपमा स्थापित चरीसँग निकट सम्बन्ध कायम भएको थियो।

अघिल्लो पटकको कार्यकालमा प्रधानमन्त्री केपी शर्माले उनलाई समाज कल्याण परिषदको सदस्य सचिव बनाउने चर्चासमेत चलेको थियो।

काठमाडौंको भीमढुंगामा २०७१ साल साउनमा प्रहरीको इन्काउन्टरमा चरी मारिएपछि खुश्बु बेलायत गएकी थिइन्। फर्केपछि समाजसेवामा संलग्न रहँदै आएकी उनी झापामा कृषि उद्यममा सक्रिय थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell