PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पीएम कप महिला क्रिकेट जेठ २८ गतेदेखि



पहिलोपोस्ट

पीएम कप महिला क्रिकेट जेठ २८ गतेदेखि

काठमाडौं : प्रधानमन्त्री (पीएम) कप महिला क्रिकेटको चौथो संस्करण यही जेठ २८ गतेदेखि कञ्चनपुरमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटीको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली गरी कूल ८ टोलीको सहभागिता हुनेछ। विभागीय टोलीमा एपीएफले खेल्नेछ।

राखेपका सदस्य सचिव केशुव कुमार विष्टले क्यान निलम्वनमा रहेका बेला क्रिकेटको जिम्मेवारी राखेपले लिनुपर्छ भन्ने सोचेर पीएम कप आयोजना गर्न थालेको बताए।

हामीले यसअघि तीन पटक सफल रुपमा बयोजना गरिसकेका छौँ। चौथो संस्करणमा ८ टिमले प्रतिस्पर्धा गर्नेछ। विष्टले भने।

यस्तै प्रतियोगिताको व्यवस्थापक महाकाली स्पोर्ट्स सोसाइटीका अध्यक्ष सुमन भट्टले महिला क्रिकेटलाई पनि पुरुष क्रिकेट सहर पुर्‍याउने आशा अनुसार प्रतियोगिता गर्न लागेको बताए।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाख प्राप्त गर्ने सदस्य सचिव विष्टले बताए।

प्रतियोगिताको कूल बजेट ८८ लाख रहेको छ। जसमा ३५ लाख राखेपले दिने र बाँकी रकम आयोजकले प्रायोजनबापत खोज्नुपर्ने विष्टले बताए।

यस्तै प्रतियोगिताको मुख्य प्रायोजनको रुपमा मिराई एडुकेशन एण्ड भिसा सर्भिस प्राली अष्ट्रेलिया रहेको छ। तर कती रकम प्रायोजन भएको भन्ने महाकाली स्पोर्ट्स सोसाइटीले खुलाउन चाहेन।

जेठको अन्तिम साता नै एनसिएल टी २० वुमन्स लिग आयोजना गर्ने तय भइरहेको बेला रखेपले पीएल कपको मित तोकेको हो।

राखेप सदस्य विष्टले पीएम कप सरकारको प्रतियोगिता भएको र खेलाडी यसमा नै खेल्न आउने बताए। उनले एनसीएल टी २० को मिति अहिलेसम्म आधिकारिक रुपमा नआएको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell