PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

झुन्डिएको अवस्थामा फेला परेका व्यक्ति हत्या गरिएका फियाकका ज्वाइँ



झुन्डिएको अवस्थामा फेला परेका व्यक्ति हत्या गरिएका फियाकका ज्वाइँ
प्रतीकात्मक फोटो

काठमाडौं : पाँचथरको मिक्लाजुङ्मा घटना भएको नजिकै शवको सनाखत भएको छ। छ। झुन्डिएको अवस्थामा फेला परेका व्यक्ति मानबहादुर माखिम भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।

मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा गए राति दुई परिवारका नौजनाको हत्या भएको थियो। बजार क्षेत्रबाट दुई सय मिटर मात्र टाढा रहेको ठाउँमा भएको सामूहिक हत्याको  अनुसन्धानमा खटिएको प्रहरीका लागि झुण्डिएको अवस्थाको शव थप रहस्यमय भएको छ।

रुखमा झुन्डिएका व्यक्ति हत्या गरिएका बमबहादुर फियाकका ज्वाइँ भएको खुलेको छ। दुई परिवारबीच पहिले देखि नै सम्बन्ध राम्रो नभएको समेत खुलेको हो।

धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिइन्।

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell