PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ढल्कु - स्वयम्भू सडक पिच गराउन माग गर्दै वडाध्यक्ष नै उत्रे सडकमा, ठेकेदार कम्पनी भन्छ, 'अब जनता सडकमा उत्रनु पर्दैन'



ढल्कु - स्वयम्भू सडक पिच गराउन माग गर्दै वडाध्यक्ष नै उत्रे सडकमा, ठेकेदार कम्पनी भन्छ, 'अब जनता सडकमा उत्रनु पर्दैन'

काठमाडौं: सरोकालवाला निकायलाई बारम्बार सूचित गराउँदा पनि बाटो नबनेको भन्दै स्थानीयहरु संगठित भएर आन्दोलनमा उत्रने क्रम बढेको छ।

केही समयअघि बौद्ध, सुनाकोठी, थेचो, चापागाउँका स्थानीयले बाटो अवरुद्ध गरी सडक पिच गराउन माग गर्दै प्रशासनलाई दबाव दिएका थिए। फलस्वरुप उनीहरुको मागको सुनुवाई गर्दै बाटो पिच गर्ने सहमति भयो।

आज काठमाडौंको ढल्कु स्वयम्भू मार्गका स्थानीयले पनि दुई घण्टा बाटो बन्द गराए।  लामो समयदेखि बाटो पिच नभएको भन्दै वडा १७ को नेतृत्वमा नै स्थानीयले बाटो अवरुद्ध गरेका हुन्।

आफूहरुको माग सम्बोधन गर्ने बारे सम्बन्धित निकायमा सुनवाई नभए भोलिबाट पसलसमेत बन्द गरेर बिरोध जनाउने स्थानीयहरुले चेतावनी दिएका छन्।

दुई वर्षअघि मेलम्चीले पाइप बिच्छाउनका लागि बाटो भत्काएको तर मेलम्चीले बनाउनु पर्ने बाटोमा सडक विभागले हस्तक्षेप गर्दै टेन्डर आह्वान गरेको वडा १७ का अध्षइ नविन मानन्धरले बताए। भने, 'हामी आएदेखि नै बाटो बनाउँ भनेर सम्बाधित निकायमा गयौं। तर हाम्रो सुनुवाई कतै भएन। धुलो धुवाँबाट आजित भएका स्थानीय वडामा आएर कराउँछन्। मैले पनि प्रयास गरेको हो। तर ठेकेदार र सडक विभागलाई गुहार्दा केही लागेन।'

सडक बनाउने ठेक्का ठेकेदारलाई दिएपछि वडाले केही गर्न नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै उनले भने ,'म नै लाचार भएँ। जनताको माग कसरी पुरा गर्न सकिन्छ जस्तो लाग्यो। त्यसैले आज बाध्य भएर आफू नै सडकमा उत्रनु पर्‍यो। सम्बन्धित निकायले हाम्रो माग पुरा नगरे यो आन्दोलन जारी रहन्छ।'

सिटेल सैलुङ कन्स्ट्रक्सनले भने बाटो बनाउन ठेक्का दुई वर्ष अघि भएपनि आफूहरुलाई बाटो बनाउन भनेर आधिकारिक पत्र ढिला आएकोले काम ढिला भएको बताएको छ। कन्स्ट्रक्सनका साइट इन्जिनियर नरनाथ पौडेलले तीन महिना अघिमात्रै बाटो बनाउन पत्र आएको दाबी गर्दै भने,'तीन महिना अघिबाटै सुरु हुनुपर्ने काम हाम्रो आन्तरिक कारणले हुन सकेन। हाम्रोबाट कमी कमजोरी भएका छन्। आजैबाट हामी बाटो पिच गर्नेछौं। बर्षा अगावै हामी बाटो पिच गरेर देखाउँछौं। जनता सडकमा उत्रनु पर्दैन।'

बिहानको विरोध कार्यक्रम पछि अहिले वडा १७ कार्यालयमा स्थानीय र सरोकारवालाहरुको बैठक बसिरहेको छ। ठेकेदारले आजैबाट काम सुरु गर्छु भनेपनि आफूहरुलाई विश्वास नलागेको भन्दै वडा अध्यक्ष मानन्धरले आजबाट पनि सहमति नभए विरोधका कार्यक्रमहरु संचालन भइरहने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell