PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

कामीरिता हप्ता दिनमै दुई पटक सगरमाथाको चुचुरोमा : २४ औं पटक आरोहणको कीर्तिमान



कामीरिता हप्ता दिनमै दुई पटक सगरमाथाको चुचुरोमा : २४ औं पटक आरोहणको कीर्तिमान

काठमाडौँ: आरोही कामीरिता शेर्पाले सगरमाथाको २४औँ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन्। शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन्। कामीरितालो आज बिहान ६:३८ बजे सगरमाथाको २४औँ पटक आरोहण गरेको सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गरेका थिए। उनी सात दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गर्न सफल भएका हुन्। यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो। सोलुखुम्बुको थामेगाउँमा जन्मेका ४९ वर्षीय कामीरिताले आगामी वर्ष २५औँ पटक सगरमाथा आरोहण गरेर सन्न्यास लिने यसअघि नै बताइसकेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell